वैशाख १९, काठमाडौं । काठमाडौं महानगरपालिकाले माछापोखरीको फुटपाथ व्यापार हटाएको विरोधमा नुवाकोटमा प्रदर्शन हुँदा फोहोर बोकेका गाडी बाटोमै रोकिएका छन् ।
नुवाकोटको ककनी गाउँपालिका–१ का स्थानीयले सडक बन्द गर्दा सिसडोल डम्पिङ साइट हिँडेका गाडीलाई तीनपिप्लेमै रोकिएको हो ।
स्थानीयले सडक बन्द गर्दा काठमाडौंको फोहोर बोकेर गएका गाडीहरू बाटोमै रोकिएको महानगर वातावरण व्यवस्था विभागकी प्रमुख सरिता राईले बताइन् । ‘माछापोखरीको फुटपाथ व्यापार हटाउँदा उहाँहरूले फोहोरका गाडीहरू रोक्नुभएको छ । उहाँहरूसँग कुरा गर्न पर्खिरहेको छु,’ राईले भनिन् ।