• बैशाख २० २०८२, शनिबार

थाइराइडका बिरामीले के खाने ?

बैशाख १९ २०८२, शुक्रबार

थाइराइड हार्मोनलाई स्वस्थ राख्न आयोडिन चाहिन्छ । त्यसको परिपूर्ति त दैनिक खाइने नुनबाट भइरहेको हुन्छ । साथै थाइराइड हार्मोनका लागि ‘सिलेनम’ पनि महत्त्वपूर्ण रहेको डा। केसी बताउँछिन् । सिलेनम च्याउ, प्याज, लसुन, अण्डा, ओखर, सूर्यमुखीको बीउ आदिबाट पाउन सकिन्छ ।

थाइराइडलाई नियन्त्रणमा राख्न ‘जिङ्क’, ‘भिटामिन डी’, ‘भिटामिन बी १२’ लगायत विभिन्न प्रकारका भिटामिन मिनरल्स पाइने खानेकुरा अन्न, दाल, दूधजन्य खानेकुरा, माछा, अण्डा, च्याउ, ओखर, बदाम, नट्स, फलफूल, ग्रिन टीलगायत खानेकुरा खान सकिन्छ ।

‘यस्ता खानेकुराले शरीरमा मेटाबोलिजमको मात्रालाई नियमित गर्न सहयोग पुर्‍याउँछ,’ डा। केसी भन्छिन्, ‘प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा थाइराइड नियन्त्रण गर्न पनि सहयोग गर्छ ।’