काठमाडौं । गोंगबुँ परोपकार महिला संस्थाको आयोजनामा १५ दिने उद्घोषणकला तालिम आज (मिति बैशाख १८ गते) देखि टोखा नगरपालिका वडा नम्बर ९ को कार्यालयको सभाहलमा सुरु भएको छ । टोखा नगरपालिकाको अर्थिक सहयोगमा सुरु भएको सो तालिम आगामी जेष्ठ २ गतेसम्म सञ्चालन हुनेछ ।
प्रत्येक दिन विहान ११ बजेदेखि सुरु हुने सो तालिममा ३ दर्जन महिलाहरु सहभागी रहेका छन् । ‘यो संसार बोल्नेहरुको मुठ्ठीमा छ’ भन्ने मुल नाराका साथ सो उद्घोषणकला तालिम संचालन गरिएको छ ।
तालिमको एक समारोहका बीच टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले मैनबत्ति बालेर उद्घाटन गरे । सो अवसरमा मन्तव्य राख्दै नगर प्रमुख अधिकरीले टोखा नगरपालिकाले गरेको काम लक्षित वर्गसम्म पुगेको भन्दै खुसी व्यक्त गरे ।
सो समारोहका विशिष्ट अतिथि टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले महिलाहरुले गर्ने सीपमूलक कार्यहरुमा टोखा नगरपालिकाले सहयोग गर्ने वचन दिए ।
कार्यक्रममा विशेष अतिथिको रुपमा वडा नम्बर १० का अध्यक्ष मच्चाकाजी महर्जन उपस्थित थिए । त्यस्तै कार्यक्रमका अतिथिहरुमा वडा नम्बर ९ की वडा सदस्य तथा नगर कार्यपालिका सदस्य जगतमाया महर्जन, वडा नम्बर १० की वडा सदस्य तथा नगर कार्यपालिका सदस्य लीलादेवी अधिकारी, नेपाली कांग्रेसका टोखा नगर सभापति ओमकृष्ण विमली र नेवा पुचका अध्यक्ष राकेश सिंह थिए ।
त्यस्तै तालिममा सहभागीहरुलाई मुख्य प्रशिक्षक शंकर प्रधान ‘सौर्य’, प्रशिक्षकहरु शरद श्रेष्ठ र विकासकुमार दासले प्रशिक्षण दिनेछन् ।
साथै उद्घोषणकला कार्यक्रमको उद्धेश्यमाथि रुकमणि श्रेष्ठले प्रकाश पारेकी थिइन् । आजको उदटन कार्यक्रमको संचालन सवि श्रेष्ठले गरेकी थिइन् ।
यस्तै कार्यक्रममा ज्ञानु प्रजापतिले कार्यक्रमको सभापतित्व गरेकी थिइन् भने स्वागत मन्तव्य मञ्जु थापाले राखेकी थिइन् ।