१८ वैशाख, किभ । रुसले युक्रेनको ओडेसा सहरमा गरेको ड्रोन आक्रमणमा परेर कम्तीमा दुई जनाको मृत्यु भएको युक्रेनले बताएको छ । यो आक्रमणमा कम्तीमा पाँच जना घाइते भएको दाबी गरिएको छ ।
रुसी आक्रमणबाट हताहत हुनुका साथै आवासीय भवन, एउटा सुपर मार्केट र एउटा विद्यालयमा क्षति पुगेको ओडेसाका गभर्नर ओलेह केपिरले बताए । ओडेसा कृष्ण सागर नजिकै अवस्थित युक्रेनको महत्त्वपूर्ण रणनीतिक बन्दरगाह सहर हो ।
२०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण स्तरमा हमला सुरु गरेदेखि रुसले यस बन्दरगाहमा निरन्तर आक्रमण गरिरहेको छ । यस आक्रमणबारे रुसले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।