• बैशाख १८ २०८२, बिहीबार

महासंघले धोका दियो, आन्दोलनको तयारीमा छौँ : विद्यालय कर्मचारी

बैशाख १८ २०८२, बिहीबार

१८ वैशाख, काठमाडौं । सरकार र शिक्षक महासंघबीच भएको सहमतिको विरोधमा नेपाल विद्यालय कर्मचारी परिषद्ले विरोध जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएको छ ।

महासंघले बुधबार ९ बुँदे सहमति गरेको थियो । तर त्यसमा आफूहरूको माग समावेश नभएकाले आन्दोलनको तयारीमा रहेको परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए ।

‘हामी आन्दोलनको तयारीमा छौँ,’ उनले भने ।

अहिले महासंघको सबै संघ संगठनको समीक्षा बैठक बोलाएको छ । तर बैठकमा विद्यालय कर्मचारीले हो–हल्ला गर्दै विरोध गरिरहेका छन् ।