काठमाडौं । सुनको मुल्य आज पनि बढेको छ । आज बढेको मूल्यमा सामान्य वृद्धि भएको छ ।
साताको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्यमा ५ सय रूपैयाँले सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ । हिजो तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
तर, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार हुनेछ ।