• बैशाख १५ २०८२, सोमबार

शिक्षक माथिको दमन पञ्चायती शैली भन्दै नेपाल शिक्षक आन्दोलनले जनायो कडा आपत्ति

बैशाख १५ २०८२, सोमबार

काठमाडौं । नेकपा (बहुमत) निकट अखिल नेपाल शिक्षक संगठनले जारी शिक्षक आन्दोलनमाथि सरकारले गरेको दमनको कडा शब्दमा भ्रत्सर्ना गरेको छ ।

सो संगठनका अध्यक्ष रमेश रुपाखेतीले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरुका माग तत्काल पूरा गर्न माग गरेका छन् ।

अध्यक्ष रुपाखेतीले विज्ञप्तिमा शिक्षक आन्दोलनको दमनबाट निस्कने परिणामको जिम्मा सरकारले नै लिनुपर्ने चेतावनी दिएका छन् ।

संगठनको तर्फबाट जारी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै अध्यक्ष रुपाखेतीले प्रहरी दमनबाट घाइते भएका शिक्षकहरुको उपचार सरकारले नै गरिदिनु पर्ने भन्दै सरकारको शिक्षकहरुमाथि गरेको दमनलाई पञ्चायती मण्डले शैली भनेका छन् ।