• बैशाख १५ २०८२, सोमबार

इरानमा बम विस्फोट हुँदा ४६ जनाको मृत्यु, हजार भन्दा बढी व्यक्तिहरू घाइते

बैशाख १५ २०८२, सोमबार

तेहरान ।  इरानको राजी बन्दरगाहमा बम विस्फोटमा  ज्यान गुमाउनेको सङ्ख्या ४६ पुगेको होर्मोजगन प्रान्तका संकट व्यवस्थापन निर्देशक मेहरदाद हसनजादेहलाई उद्धृत गर्दै इरना समाचार एजेन्सीले जनाएको छ ।

शनिबार भएको उक्त विस्फोटमा अधिकारीहरूले आगलागीमा एक हजार भन्दा बढी व्यक्तिहरू घाइते भएको बताएका छन । हसनजादेहले अधिकाशं घाईतेहरु उपचार पछि फर्किइएको तथा १३८ जना घाइतेहरू अझै अस्पतालमा  उपचाररत रहेको उल्लेख गरेका छन् ।

इरानको सरकारी टेलिभिजनले आगलागीको फुटेज देखाउदै आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि क्षतिको मूल्यांकन गरिने जनाएको छ । आगो निभाउनको लागि अग्निनियन्त्रक यन्त्र (दम्कल) तथा हेलिकप्टर  परिचालन गरि रहेको टेलिभिजन फुटेजकमा देखाइएको छ ।

बन्दरगाह स्थित भन्सार कार्यालयले विस्फोटको स्पष्ट कारण यकिन नभए ता पनि रासायनिक सामग्री भण्डारण डिपोमा आगलागी भएको हुन सक्ने जनाएको छ ।  इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले घटनाको अनुसन्धान गर्न आदेश दिए ।

सामाजिक सञ्जाल तथा सिसिटिभीमा देखाइएको भिडियोमा सानो आगो धुवाँको साथ घटना बिस्तारै सुरु भएको देखाइएको छ ।  गोदामको छेउमा केही कन्टेनरहरू बिचबाट सुरु भएको सानो आगोले ठुलो रूप लिएको देखाइएको छ ।   राष्ट्रपति मसूद पेजेस्कियनले अब्बासमा घाइतेहरूलाई भेट्न अस्पतालमै पुगेको जनाइएको छ । रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाई-निकले यस क्षेत्रमा सैन्य इन्धन वा सैन्य प्रयोगका लागि कुनै आयात र निर्यात नगरिएको बताए ।  रूसले आगो नियन्त्रणको लागि सहयोग गर्न विशेषज्ञहरू पठाएको छ । अधिकारीहरूले सोमबार राष्ट्रिय शोकको घोषणा गरेका छन् भने बन्दरगाहको होर्मोजगन प्रान्तमा आइतबार देखि नै तीन दिनको शोक सुरु भएको छ ।

तेहरानमा आयोजित उच्चस्तरीय वार्ताका लागि ओमानमा इरानी र अमेरिकी प्रतिनिधिहरू भेटवार्ता गर्दै गर्दा विस्फोट भएको थियो ।