• बैशाख १५ २०८२, सोमबार

शिक्षा विधेयकबारे संसदमा जानकारी गराउन सूर्य थापाको माग

बैशाख १५ २०८२, सोमबार

वैशाख १५, काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले शिक्षामन्त्री रघुजी पन्तलाई शिक्षा विधेयकबारे संसदबाट जानकारी गराउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद थापाले विधेयक पारित गर्न संसद गम्भीर रहेको जानकारी गराउन आवश्यक रहेको पनि बताए ।

‘शिक्षा विधेयक संसदको यस अधिवेशनबाट टुंग्याउने प्रक्रियामा छौँ । सिंगो संसद त्यसप्रति गम्भीर छ भन्ने अनुभूति सिङ्गो देशले गर्ने गरी यो शिक्षामन्त्रीले यो संसदमार्फत राख्नुपर्छ । सिङ्गो देशलाई जानकारी गराउनुपर्छ,’ उनले भने ।