• बैशाख १५ २०८२, सोमबार

शिक्षक आन्दोलको मुठभेड नियोजित जस्तो देखिएको शंकर पाेखरेलकाे आरोप

बैशाख १४ २०८२, आईतवार

काठमाडौँ । नेकपा एमाले महासचिव शंकर पोखरेलले आज भएको शिक्षक आन्दोलको मुठभेड नियोजित जस्तो देखिएको आरोप लगाएका छन् ।

शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्वहरूको चलखेलले आज दुःखद् अवस्था सिर्जना भएको उनले सामाजिक सञ्जालमा लेखेका छन् । शिक्षक नेतृत्व वार्ताबाट सहमतिमा पुग्न कोसिस गरिरहेको र वार्तासमेत सकारात्मक दिशामा अघि बढेका वेला भएको मुठभेड नियोजित देखिएको उनले आशंका व्यक्त गरे ।

शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थअनुरुप मुठभेडमा लैजाने षडयन्त्रविरुद्ध महासंघको नेतृत्व थप सचेत हुनुपर्ने समेत उनले बताए ।

सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको पालना सरकार र शिक्षक दुवैको दायित्व भएको र वार्ताबाट सहमतिमा पुग्नुको विकल्प नभएको उनको भनाइ छ । दुवैपक्ष गम्भीर ढंगले वार्तमा बसेर सहमति गरेर मात्र वार्ताबाट उठ्न उनले अनुरोध गरे ।