• बैशाख १५ २०८२, सोमबार

गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

बैशाख १४ २०८२, आईतवार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध  अदालतको अवहेलना गरेको रिट दायर भएको छ ।

प्रतिनिधिसभा संसदसमेत रहेका कांग्रेस महामन्त्री थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा अदालतले ‘डिल’ गरिरहेको गम्भिर आरोप लगाएका थिए ।

गत वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले संवैधानिक आयोगका पदाधिकारीलाई अदालतको कार्यशैली माथी प्रश्न उठाएका थिए ।

अधिवक्ता तथा पुर्व पत्रकार अनन्त लुइँटेलले आइतबार थापाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । सर्वोच्च प्रशासनले उनको रिट निवेदनमा मंगलबारको पेसी तोकिदिएको छ ।

‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयहरूलाई दुई– तीन वर्षदेखि तँलाई हान्दिऊँ हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याइनभ्याइ भन्छ, कहिले भोलि हेर्ने भन्छ । त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ,” थापाले दिएको गत वैशाख ११ गतेको अभिव्यक्तिलाई लिएर अधिवक्ता लुइटेलले सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।