• बैशाख १४ २०८२, आईतवार

भर्खरै आमा बन्नु भएका सुत्केरी आमाले ख्याल गर्नुपर्ने केही कुरा:

बैशाख १४ २०८२, आईतवार

आमा बन्नलाई उत्सुक रहेका गर्भवती महिला र भर्खरै आमा बनेका सुत्केरी महिलाहरु आफू आमा बन्ने र बनेकोमा निकै खुशी महसुस भइरहेको हुन्छ । तर आमा बन्दै गर्दा र भर्खरै आमा बनेका सुत्केरीहरुले आफ्नो विशेष ख्याल राख्न जरुरी छ । आमा शब्द जति महान छ आमा बन्न वास्तवमै निकै कठिन पनि छ ।

सुत्केरी आमालाई सबैभन्दा धेरै श्रीमान लगायत परिवारको साथको आवश्यकता पर्दछ ।

त्यसका साथै सुत्केरी आमा स्वंयमले नै आफ्नो र आफ्नो सन्तानको ख्याल राख्ने र बच्चाको स्वास्थ पनि आमासंग जोडिने हुँदा आमाले यसबेला निकै ध्यान दिनुपर्ने हुन्छ । अन्य समय भन्दा भन्दा गर्भवस्था र सुत्केरी अवस्स्थामा खानापिन देखि लिएर कागकाज , सुताईहरुमा ख्याल गर्नु पर्ने  हुन्छ ।

यस्ता छन् सुत्केरी आमाले ख्याल गर्नु पर्ने केहि टिप्सहरुः
सुत्केरी महिला उत्तानो पोजिसनमा मात्र सुत्नुपर्छ ।
सुत्केरीले हिडाई र पौडि खेल्नबाट शारिरीक क्रियाकलाप सुरु गर्नुपर्छ ।
शुरुमा सजिलो व्ययाम मात्र गर्नुपर्छ । १२ हप्तासम्म नितम्ब वा पेटमा दबाब पर्ने कडा व्ययाम गर्नुहुदैँन ।
दुध खुवाउँदा ढाडको तल्लो भागलाई पछाडिबाट सर्पोट दिनुपर्छ ।
कब्जियत हुन नदिन  प्रशस्त रेशादार खानेकुरा र पानी पिउनुपर्छ ।
भारी चिज उचाल्नु हुदैँन ।
बच्चाको डाइपर निहुरिएर भन्दा टेबलमा राखेर बदल्नु उपयुक्त हुन्छ ।