• बैशाख १४ २०८२, आईतवार

हरियो मकै पोलेर उसिनेर के गरेर खाँदा राम्रो ?

बैशाख १३ २०८२, शनिबार

मकै खाएमा स्वास्थ्यका लागि के के फाइदा हुन्छ । मकैमा प्रशस्त पोषण तत्व हुन्छ । मकै खाएर मानिसका अनुहारमा हुने चाउरी हटाउन साथै मुटु, रक्त नली र क्यान्सरको रोग निवारण गर्न पनि सकिन्छ ।

मकैमा भिटामीन बी, पोटासियम, फसफोरस र फलाम निहित रहेको हुन्छ । ती मध्ये मुटुको क्षमता बढाउने पोटासियमको क्षमता छ । मकैमा भिटामिन यी र सेलेनिअम पनि छ । क्यान्सर निवारण गर्ने सेलेनिअमको क्षमता हुन्छ । यति मात्र हैन मकैको अरु क्षमताहरु पनि छन् । जीवकोषलाई पतन हुने अवस्थाबाट जोगाउन सक्ने तथा रगतभित्रको कोलेस्टरोलको मात्रालाई कम पार्न सक्ने ताजा कलिला मकै को क्षमता हुन्छ ।

हरियो मकैलाई तपाईं दिनहुँ आफ्नो खानपानमा ढुक्कसँग समावेश गर्न सक्नुहुन्छ । मकैको मुख्य फाइदा भनेकै यसमा उच्च मात्रामा फाइबर पाइन्छ । जो हाम्रो स्वास्थ्यका लागि एकदमै आवश्यक तत्व हो ।

यसले हाम्रो पाचनक्रियामा एकदमै फाइदा गर्छ । हरियो मकैले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । विशेषगरी गर्भावस्थाको महिलालाई एकदमै फाइदा गर्छ ।

यसले शरीरमा रक्त कोषिकालाई बढाउन मद्दत गर्छ साथै गर्भमा रहेको बच्चाको विकासका लागि पनि यो एकदमै आवश्यक हुन्छ । गर्भावस्थाको बेला दिनहुँ २०० माइक्रोग्राम भिटामिन बी ९ खानुपर्ने हुन्छ ।

तपाईंले १०० ग्राम मकै खाुनभयो भने त्यसबाट नै ३५ माइक्रोग्राम भिटामिन बी ९ पाउन सक्नुहुन्छ । हरियो मकैलाई भिटामिन सीको पनि राम्रो स्रोत मानिन्छ । अथवा यसलाई भिटामिनको पावरहाउस नै मानिन्छ ।

यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने काम गर्छ । यो हरेक उमेर अवस्थाको व्यक्तिले खान मिल्छ । यसलाई तपाईं उसिनेर, अन्य तरकारीसँग मिसाएर, पुलावहरुमा मिसाएर वा विभिन्न तरिकाले खान सक्नुहुन्छ ।

सबैभन्दा राम्रो तरिका हरियो मकै खाने भनेको उसिनेर नै हो । हरियो मकैमा पाइने अन्य तत्वमा म्याग्नेसियम र पोटासियम पनि पर्दछन् । म्याग्नेसियमले हाम्रो हड्डी तथा मसल्स बलियो बनाउँछ । त्यस्तै मेटाबोलिज्म बलियो हुँदा थकान कम हुन्छ ।

यसलाई पोलेर खान पनि सकिन्छ । धेरैले यसलाई पोलेर खानु रुचाउँछन् । तर पनि कतिपयले भने पोलेको भन्दा उसिनेको फाइदाकारी मान्दछन् ।