• बैशाख १२ २०८२, शुक्रबार

ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

बैशाख १२ २०८२, शुक्रबार

१२ वैशाख, काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो ।

बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम रहेकोमा शुक्रबार एक लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । अघिल्लो दिन तोलामा २ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घट्दै २ हजारमा कारोबार भएको हो ।