आखा कमजोर हुनुका कारण यस्ता छन् ः
-परिवारमा कसैको आँखा कमजोर भए सन्तानमा पनि हुने संभावना बढी हुन्छ । त्यसैले वंशाणुगत समस्या भएको परिवारमा आँखामा समस्या आउँदा निरन्तर चिकित्सकसँग जचाउनु पर्छ र आँखाको विशेष ख्यल राख्नु पर्छ ।
-पोषक तत्वको अभावमा पनि आँखा कमजोर हुने संभावना हुन्छ । त्यसैले दैनिक खानपानमा पोषक तत्व अनिवार्य समावेश हुनुपर्छ । पोषक खाना समग्र स्वास्थ्यकै लागि आवश्यक पर्छ । आँखाको लागि विशेषगरी भिटामिन ए भएका खानेकुरा खानुपर्छ ।
-लामो समय स्क्रिनमा विताउँदा आँखालाई हानी गर्छ र कमजोर बनाउँछ ।त्यसैले कम्प्युटर वा मोबाइल प्रयोग गर्दा बीच बीचमा आँखालाई आराम दिनुपर्छ । यसो गर्दा आँखालाई आराम भएर केही राहत हुन्छ । साथै क्रिनि टाइम घटाएर आँखाको सुरक्षा गर्नुपर्छ ।
-पर्याप्त पानी नपिउने गर्दा पनि आँखा कमजोर हुनसक्छ । आँखा र समग्र स्वास्थयका लागि पानी पर्याप्त पिउनु उचित हुन्छ । शरीरमा पानी कम हुँदा आँखा सुख्खा हुने, आँखामा पानी आउने, आँखा पोल्ने जस्ता लक्षण देखिन सक्छ ।
-मदिरा र धुम्रपान सेवन गर्नेहरुको पनि आँखा कमजोर हुनसक्छ । आँखा स्वस्थ राख्नका लागि मदिरा र धुम्रपानबाट टाढा रहनु उचित हुन्छ । मदिरा र धम्रपानले आँखामात्र नभएर विभिन्न स्वास्थ्य समस्याहरु निम्त्याउँछन् ।