काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३८ पैसा र बिक्रीदर १३६ रुपियाँ ९८ पैसा कायम भएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रुपियाँ ४० पैसा र बिक्रीदर १५६ रुपियाँ ०८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपियाँ ४१ पैसा र बिक्रीदर १८२ रुपियाँ २० पैM सा, स्विस फ्र्याङ्क एकको खरिददर १६५ रुपियाँ ५८ पैसा र बिक्रीदर १६६ रुपियाँ ३१ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ३७ पैसा र बिक्रीदर ८७ रुपियाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ५९ पैसा र बिक्रीदर ९९ रुपियाँ ०२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ र बिक्रीदर १०४ रुपियाँ ४६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ६१ पैसा र बिक्रीदर नौ रुपियाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ७१ पैसा र बिक्रीदर १८ रुपियाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३६ पैसा र बिक्रीदर ३६ रुपियाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३१ पैसा र बिक्रीदर ३७ रुपियाँ ४८ पैसा तोकिएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०९ पैसा र बिक्रीदर चार रुपियाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १३ पैसा र बिक्रीदर ३७ रुपियाँ २९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ०६ पैसा र बिक्रीदर ३१ रुपियाँ २० पैसा निर्धारण भएको छ।
यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ५९ पैसा र बिक्रीदर नौ रुपियाँ ६३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २३ पैसा र बिक्रीदर १४ रुपियाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ८२ पैसा र बिक्रीदर २० रुपियाँ ९१ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५८ पैसा र बिक्रीदर १७ रुपियाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपियाँ ३१ पैसा र बिक्रीदर ४४७ रुपियाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ ८३ पैसा र बिक्रीदर ३६३ रुपियाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ २४ पैसा र बिक्रीदर ३५५ रुपियाँ ८० पैसा रहेको छ।
यस्तै, भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ।