• बैशाख ११ २०८२, बिहीबार

सुदीप न्यौपानेको शव आज सुनौली नाका हुँदै नेपाल ल्याइने

बैशाख ११ २०८२, बिहीबार

रुपन्देही । भारतको काश्मीरमा मङ्गलबार भएको आतंकवादी हमलामा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव आज बुटवल ल्याएर अन्त्येष्टि गरिने भएको छ ।

आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि काश्मीर गएका बुटवलका युवा सुदीप न्यौपानेको उक्त हमलामा ज्यान गएको थियो । आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका हुन् ।

सुदीपको पार्थिव शरीर आज बिहान सुनौली नाका हुँदै नेपाल ल्याउन लागिएको हो । परिवार स्रोतका अनुसार पार्थिव शरीर आजै बिहान ७ः३० बजेसम्म बुटवलको कालिकानगरस्थित निवासमा ल्याइनेछ । आजै उनको अन्त्येष्टि गरिने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ ।