• बैशाख ९ २०८२, मंगलवार

नाफाको युद्ध, शक्तिको नाटक : अमेरिका–चीनको छायाँमा विश्व र रमिते नेपाल

बैशाख ९ २०८२, मंगलवार

आजको विश्व राजनीति एउटा घुम्तीमा उभिएको छ, जहाँ छन् दुई ठूला महाशक्तिहरू—अमेरिका र चीन । यी दुबै साँघुरो गलीमा आमनेसामने छन् । सतहमा हेर्दा यी दुई विचारधारात्मक ध्रुव प्रतीत हुन्छन्‌—एक, उदार लोकतन्त्रको झण्डाबाहक र अर्को समाजवादी व्यवस्थाको दाबी गरिने अनुहार । तर यथार्थ त्यो होइन, यथार्थ के हो भने– यी दुबै साम्राज्य नाफाको नसामा बिथोलिएका बहुराष्ट्रिय व्यापारी हुन्, जसले मानवता, प्रकृति, न्याय सबैलाई बजारको तुलोमा तौलिरहेका छन् ।

लोकतन्त्रको पर्दा पछाडिको साम्राज्य !!
अमेरिका, जसले आफूलाई लोकतन्त्रको सगुण मूर्ति ठान्छ । अमेरिका उही देश हो, जसले इराकमा ‘हतियारको संहारक क्षमता’ देखाएर लाखौं निर्दोषको रगत बगायो । सन् १९५३ मा इरानमा प्रधानमन्त्री मोसादेगको सरकार उल्टायो, किनकि इरानले तेल राष्ट्रियकरण गरेको थियो । चिलीमा साल्भाडोर अलेन्दे, कङ्गोमा पाट्रिस लुमुम्बा, ग्वाटेमालामा आर्बेन्ज all replaced or eliminated—because they didnÚt align with U=S= capital interests .
‘लोकतन्त्र’ उसका लागि एउटा एक्स्पोर्ट आइटम हो, जुन देश अनुसार कस्टमाइज गरिन्छ । अमेरिकी साम्राज्यवादको मूल मन्त्र होः जहाँ नाफा, त्यहाँ हस्तक्षेप; जहाँ शक्ति सन्तुलन, त्यहाँ हतियार आपूर्ति ।

चीन : समाजवादको बर्कोमा बजारवादी राक्षस !!
चीनले आफूलाई समाजवादको नयाँ मोडेलको रुपमा प्रस्तुत गर्छ तर ‘समाजवाद’ भनिएको व्यवस्थामा सिमित अर्बपतिहरू कसरी जन्मिए ? Jack Ma ले समाजवादी शिक्षाबाट अलीबाबा खडा गरेका थिए ?  Belt and Road Initiative -BRI  नामको योजनाले विकास होइन, ऋणको पासो बिस्तार गरेको यथार्थ अहिले श्रीलङ्का, पाकिस्तान, अफ्रिकाका कैयौं राष्ट्रहरू झेलिरहेका छन् ।

चीन आज विश्वकै दोस्रो ठूलो हतियार उत्पादक र निर्यातकर्ता बनेको छ । ऊ प्यालेस्टाइनप्रति सहानुभूति देखाउने अभिनय गर्छ, तर बालबालिकाहरुको रगत बग्दा उसले अरब राष्ट्रहरू सन्तुलनमा राख्ने कूटनीति मात्र खेल्छ ।

ताइवान र मध्यपूर्व : शक्ति सन्तुलनका साँचाहरू !!
ताइवान अमेरिका र चीनको ‘चेक एण्ड ब्यालेन्स’ कार्ड हो—जहाँ अमेरिका one China policy स्वीकृत गर्छ तर ताइवानमा हतियार बेच्दछ, अनि चीनमा राष्ट्रवादको नरसिंहा बज्दछ । उता मध्यपूर्वमा प्यालेस्टाइन संकट छ—जहाँ अमेरिका इजरायललाई सैन्य सहायता दिन्छ र चीन ‘राजनीतिक समर्थन’ मात्र सीमित भाषणमा सीमित राख्छ । दुबै पक्षले मानवीय संकटलाई कूटनीतिक कागजका टुक्रा बनाएका छन् ।

नेपाल र नेपाली !!!
अब प्रश्न उठ्छ—नेपाल कहाँ उभिएको छ ? उत्तर हो—रमिते बनेर । यहाँ सामाजिक सञ्जालमा चीन वा अमेरिका पक्षधर ‘बुद्धिजीवी’हरूको लहर देखिन्छ । कोही एमसीसीले विकास ल्याउने भन्छन्, कोही द्यच्क्ष् ले समृद्धि । न त हामीसँग स्पष्ट कूटनीतिक दिशा छ, न आत्मनिर्भर नीतिगत दृष्टि । हामी वैदेशिक शक्ति–राजनीतिको कयात अययिलथ हौं, कसैले फुर्ती नगर्दा हुन्छ ।
नेपाल आज हरेक क्षेत्रमा परनिर्भर राष्ट्र बनेको छ । वैदेशिक रोजगारले देश चलिरहेको छ, विदेशी सहयोगले नीतिहरू निर्माण भइरहेका छन्, र हाम्रो नेतृत्व विचारविहीनताको चरम उदाहरण बनेको छ । विदेशी दूतावासहरूले नीति लेख्छन्, हामी हस्ताक्षर गर्छौं । मञ्चमा राष्ट्रियता, कोठाभित्र अन्तर्राष्ट्रिय स्वार्थ, यस्तो बिजोग छ ।

निष्कर्ष :
विश्व आज एक किसिमको ल्भध ऋयमि ध्बच को चरणमा छ, जहाँ हतियार, डेटा, बजार र भू–राजनीति चारवटा मोर्चा बनेका छन् । अमेरिका र चीन दुबै ‘कम्पनी स्टेट’ झैँ छन्‌—जहाँ सरकार र व्यापार छुट्टै छैनन् । उनीहरूको युद्ध सिधा मानवता र प्रकृतिविरुद्ध छ । यही समयमा हामीले भन्न जरुरी छ— न अमेरिका लोकतान्त्रिक छ, न चीन समाजवादी—यी दुबै नाफाखोर साम्राज्यवादी हुन् ।
र, हामी ?
हामी नेपाली—अब मौन दर्शक बन्नुहुन्न । किनकि रमिते बनेर बस्नु आफैमा पनि अपराध हो । नेपाल वा नेपालीले आफ्नो अक्षुण्ण अस्तित्वको निम्ति बाटो पहिल्याउन जरुरी छ ।