• बैशाख ९ २०८२, मंगलवार

घट्यो डलरको मूल्य,अन्य विदेशी मुद्राको विनिमय दर आज कति ?

बैशाख ९ २०८२, मंगलवार

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३५ रुपियाँ ९१ पैसा र बिक्रीदर १३६ रुपियाँ ५१ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १५६ रुपियाँ ७० पैसा र बिक्रीदर १५७ रुपियाँ ३९ पैसा, युके पाउन्डस्ट्रलिङ एकको खरिदर १८१ रुपियाँ ९३ पैसा र बिक्रीदर १८२ रुपियाँ ७३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपियाँ ४५ पैसा र बिक्रीदर १६९ रुपियाँ १९ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ २७ पैसा र बिक्रीदर ८७ रुपियाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिदर ९८ रुपियाँ ३९ पैसा र बिक्रीदर ९८ रुपियाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ २१ पैसा र बिक्रीदर १०४ रुपियाँ ६७ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ६५ पैसा र बिक्रीदर नौ रुपियाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ६४ पैसा र बिक्रीदर १८ रुपियाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ २३ पैसा र बिक्रीदर ३६ रुपियाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ २८ पैसा र बिक्रीदर ३७ रुपियाँ ४५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ११ पैसा र बिक्रीदर चार रुपियाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ०० पैसा र बिक्रीदर ३७ रुपियाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ १० पैसा र बिक्रीदर ३१ रुपियाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५७ पैसा र बिक्रीदर नौ रुपियाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३० पैसा र बिक्रीदर १४ रुपियाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ९९ पैसा र बिक्रीदर २१ रुपियाँ ०८ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिदर १७ रुपियाँ ५१ पैसा र बिक्रीदर १७ रुपियाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपियाँ ०६ पैसा र बिक्रीदर ४४६ रुपियाँ ०२ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपियाँ ५७ पैसा र बिक्रीदर ३६२ रुपियाँ १६ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुयैयाँ ०२ पैसा र बिक्रीदर ३५४ रुपियाँ ५८ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।