राम्रो निन्द्रा सबैको चाहना हुने गर्दछ । अहिले अनियन्त्रित खानपान र जिवनशैलीले धेरैको निन्द्रामा समस्या देखापर्दछ । राती खाना खाएपछि केहिबेर आराम गरेर सुत्नुअघि केही खाने बानीले समेत निन्द्रामा असर गर्ने गर्दछ । तसर्थ राम्रो र आनन्ददायी निन्द्राका लागि सुत्नुअघि गर्न नहुने र खान नहुने पदार्थबारे चर्चा गरौं ।
१. चियाकफी:
सामान्यतः मानिसहरु खाना खाएपछि एक कफ चिया या कफी पिउन मन पराउँछन् । तर, यदि तपाईंलाई राम्रो निद्रा चाहिएको छ भने यो बानी छाड्नुस् । यदि चियाकफी खानुहुन्छ भने समयमा निद्रा नलाग्ने त छ नै, आएको निद्रा पनि खलबलिने सम्भावना हुन्छ । चिया या कफीमा पाइने क्याफिनले निद्रा भगाउने काम गर्छ ।
२. चकलेट:
राती सुत्नुअघि खान नहुने खाद्यपदार्थमा चकलेट एक नम्बरमा पर्छ । यसले शरीरमा नकारात्मक असर पार्छ । यसमा चिल्लोपदार्थ र क्याफिनको मात्रा बढी हुन्छ । जसले निद्रामा बाधा पार्छ ।
३. आइसक्रिम:
राती खाना खाएपछि डेजर्टको रुपमा आइसक्रिम खाने बानी मानिसहरुको हुन्छ । तर, आइसक्रिमले निद्रा गायब पार्छ । यसमा चिल्लोपदार्थ र चिनीको मात्रा बढी हुन्छ, जसले शरीरमा उर्जा दिन्छ र यसबाट निद्रा गायब हुन्छ ।
४. रक्सी सेवन
एक अध्ययनअनुसार राती सुतनुअघि रक्सी सेवन गर्नाले मष्तिष्कमा अल्फा उर्जा बढ.छ,जसबाट निद्रामा असर पुग्छ । सुत्नुअघि रक्सी सेवन गर्नेहरुलाई सुरुमा हल्का निद्रा परेपनि पछि यसले गहिरो निद्रामा खलल पार्छ ।
५. मसालेदार खाना:
राती सुत्नुअघि मसालेदार खाना बढी खानाले अनिद्राको समस्या आउन सक्छ । तेल, खुर्सानीजस्ता मसालेदार खाना खाएपछि एसिड रिफ्लेक्सको समस्याका कारण निद्रामा असर पर्न सक्छ । यसैले सुत्नु दुई घण्टा अघि खाना खानुपर्छ भनिएको हो ।