• जेष्ठ २८ २०८२, मंगलवार

नेपाल ल क्याम्पसमा स्ववियुको मतदान जारी

बैशाख ८ २०८२, सोमबार

८ वैशाख, काठमाडौं । नेपाल ल क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान भइरहेको छ ।
२०८१ चैत ५ गते हुन नसकेको मतदान आज भएको हो । ‘मतदान जारी छ । शान्तिपूर्ण भइरहेको छ‘, क्याम्पस प्रमुख श्यामबहादुर कार्कीले भने ।

निर्वाचनका लागि ल क्याम्पसमा १३ वटा विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरेका छन् ।