• बैशाख ९ २०८२, मंगलवार

कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

बैशाख ८ २०८२, सोमबार

कालिकोट ।  कालीकोट पलाँता-९ थिर्पुबाट खाद्यान्न बोकेर खिनतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

पलाँता-२ लार्फा गाउँ नजिक राति ११ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा पलाँता ५ का ३२ वर्षीया अम्मा शाही, पलाँता ४ का ३८ वर्षीय सदु वुढा, २३ वर्षीय रवीन्द्र बिक र चालक खत्याड गाउँपालिका ५ मुगुका चन्द्रप्रकाश रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टर भिरबाट खसेकाले थप विवरण संकलन भइरहेको कालीकोट प्रहरीले जनाएको छ।