काठमाडौं । आज भएको प्रदर्शनक्रा क्रममा सिंहदरबारबाटै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा भएका छन् ।
आइतबारको प्रदर्शनपछि बसेको राप्रपा केन्द्रीय कार्यसम्पदान समितिको बैठकले सरकारको कदमको निन्दा गरेलगत्तै नेता-कार्यकर्ता रिहा भएका हुन् ।
आइतबार दिउँसो सिंहदरबार परिसर र सडकबाट पक्राउ परेका अध्यक्ष लिङ्देनसहित सबै नेता-कार्यकर्ताहरू रिहा भएका हुन् ।
प्रहरीले सिंहदरबारबाट राप्रपा अध्यक्ष लिङ्देन, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पक्राउ गरेको थियो । पार्टी प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पनि पक्राउ परेका थिए । उनीहरू सबैजना रिहा भएका हुन् ।