वैशाख ६, काठमाडौं । क्यानडामा एक भारतीय युवतीको गोली हानी हत्या भएको छ । टोरन्टोस्थित भारतीय महावाणिज्य दूतावासका अनुसार दुई सवारीसाधनका मानिसबीच गोली हानाहान हुँदा भारतीय विद्यार्थी हरसिमरत रन्धावाको मृत्यु भएको हो ।
भारतीय महावाणिज्य दूतावासले एक्समा पोस्ट गर्दै भनेको छ, ‘हामी ओन्टारियोको ह्यामिल्टनमा भारतीय विद्यार्थी हरसिमरत रन्धावाको मृत्युबाट अत्यन्त दुःखी छौँ ।’दूतावासका अनुसार उनी निर्दोष थिइन् । उनको हत्याका विषयमा अनुसन्धान भइरहेको छ । ह्यामिल्टन प्रहरीले पनि एक विज्ञप्ति जारी गर्दै यस विषयमा अनुसन्धान जारी रहेको बताएको छ ।