काठमाडौं । शेयर कारोबारको अन्तिम दिन आज ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढ्दै बन्द भएको छ ।
कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से अन्तिम समयमा २८.९७ अंकले बढ्दै २७ सय २५ को विन्दुमा पुगेर रोकिएको हो ।
आज कुल ३ सय ११ कम्पनीका २ करोड ३७ लाख बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ७९ करोड ७३ लाख माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये सबै समुहका परिसुचक उकालो लागेका छन् ।
आज कारोबार भएकामध्ये १ सय ८७ कम्पनीको सेयरमूल्य बढ्दा ५९ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । सबैभन्दा बढी आज हिमालयन पावर पार्टनरको १ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।