• बैशाख ६ २०८२, शनिबार

बाल विकास क्लबको पहलमा निःशुल्क स्वास्थ्य शिविर संचालन

बैशाख ४ २०८२, बिहीबार

काठमाडौं । काठमाडौंको टोखामा कृयाशिल बाल विकास क्लबको पहलमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।

आमा अस्पताल सामाखुशीबाट गएको चिकित्सकको टोलीले स्थानीय १५३ जनाको स्वास्थ्य परिक्षण गर्नुका साथै दन्तसेवा पनि प्रदान गरेको छ ।

निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा सजिलो नेटले टिसर्ट र अन्य सहयोग उपलब्ध गराएकोमा क्लबले विशेष धन्यवाद प्रकट गरेको छ । यो स्वास्थ्य शिविर सो क्लबको ७३औं हप्ताको निःशुल्क स्वास्थ्य शिविर हो ।