• बैशाख ३ २०८२, बुधबार

शेख हसिना र उनको छोरासहित १७ जनाविरुद्ध बंगलादेशले जारी गर्याे पक्राउ पुर्जी

बैशाख ३ २०८२, बुधबार

वैशाख ३, काठमाडौं । विद्यार्थी आन्दोलनका कारण प्रधानमन्त्रीबाट हटाइएसँगै देश छाडेर भागेकी बंगलादेशकी अपदस्त प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बंगलादेशको एक अदालतले हसिना, उनको छोरा सजिब वाजेदसहित १७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । एक आवासीय प्लटमा भएको घोटालाको मामिलामा अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

यसअघि १३ अप्रिलमा पनि हसिनासिहत उनकी भतिजी तुलिप सिद्धिकीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो । त्यसबेला उनीहरूमाथि राजनीतिक शक्तिको दुरुपयोग गरी जमिन हासिल गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको थियो ।

एक प्लटको अधिग्रहणमा अनियमितता गरेको आरोपमा एन्टी करप्सन कमिसन (एसीसी) ले लगाएको अभियोगको सुनुवाइ गर्दै अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।