• बैशाख ३ २०८२, बुधबार

झुटो हल्लाका पछाडि नलाग्नु,शिक्षक आन्दोलन नरोक्न आग्रह

बैशाख ३ २०८२, बुधबार

काठमाडौं  ।  आन्दोलनरत शिक्षकलाई आ-आफ्नो कार्यथलोमा फर्किन मन्त्रिपरिषद्को बैठकले अनुरोध गरे लगत्तै शिक्षकले यस्ता आश्वासनलाई लिएर आन्दोलन नरोक्ने बताएका छन् ।

सरकारले शिक्षकलाई आन्दोलन स्थगित गर्न अनुरोध गर्दै संसदको अधिवेशन आह्वान गरे पनि शिक्षकले आन्दोलन नरोक्ने भएका हुन्।

विद्यार्थी भर्नाको समय तथा एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षाको समय भएकाले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण आन्दोलन स्थगित गर्न अनुरोध गरेका छन् ।

शिक्षक महासंघ सह–अध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमैया पराजुलीले सबै शिक्षकलाई झुटो हल्लाका पछाडि नलाग्न अनुरोध गरेकी हुन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्,‘आदारणीय शिक्षक कर्मचारी साथीहरू , झुट्टा हल्लाको पछि नलाग्न सबैमा अनुरोध छ । नेपाल शिक्षक महासङ्घ र नेपाल सरकार बीचमा गत २०८० आश्विन ५ र १२ गते सम्पन्न सम्झौता बमोजिम मन्त्रिपरिषद बाट सम्बोधन गर्नुपर्ने माग मुद्दालाई बेवास्ता गर्दै ऐतिहासिक शिक्षक आन्दोलनलाई कमजोर बनाइ प्रतिगामी शिक्षा ऐन जारी गर्दै नेपालको सार्वजनिक शिक्षालाई पूर्ण रुपमा ध्वस्त बनाउने कुटिल षड्यन्त्रमा सरकार अगाडि बढिरहेको हुनाले सम्पूर्ण शिक्षक तथा कर्मचारी साथीहरू अझै उच्च मनोबल, धैर्यता र ऊर्जाको साथ संघर्षको मैदानमा डटिरहन र सम्पूर्ण साथीहरू कुनै बहानावाजी नगरी काठमाडौं केन्द्रित हुन र निर्णायक आन्दोलन हो भन्दै मनन गर्न हार्दिक अनुरोध गर्दछु।’

उनले मेरो आन्दोलन, मेरो सहभागिताबलियो सहभागिता, बलियो आन्दोलन, बलियो उपलब्धि की जितिन्छ, कि बितिन्छ भन्दै सबैलाई आन्दोलनमा सक्रिय हुन थप आग्रह गरेकी छन्।