• बैशाख ३ २०८२, बुधबार

घट्यो पेट्रोलियम पदार्थको मूल्य

बैशाख २ २०८२, मंगलवार

काठमाडौं  ।   नेपाल आयगल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

आयल निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले बुधबार बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३. १५ रुपैयाँ र डिजेलमा प्रतिलिटर २.६२ रुपैयाँ घटेर आएको छ। अब नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४६ रुपैयाँ तोकिएको छ ।