• बैशाख ३ २०८२, बुधबार

यसरी मनाइयो भक्तपुरमा ३२ खटसहितको सिन्दुर जात्रा 

बैशाख २ २०८२, मंगलवार

वैशाख २, काठमाडौं । भक्तपुरको मध्यपुरथिमिमा हर्षाेल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको छ । बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो ।

मूल देवता खटमा राखेर धिमेबाजाका साथ चिराग बालेर सिन्दुरे जात्रा मनाइने गरिन्छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने र फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई उमङ्गका साथ थिमिका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाउँछन् । यात्रामा एक अर्कामा सौहार्दपूर्ण रूपमा सिन्दुर दल्ने, छ्याप्ने र नेवारी बाजाको तालसँगै नाच्ने गरिन्छ ।