• बैशाख १६ २०८२, मंगलवार

सुन्तलाका फाइदा सँगै बेफाइदा पनि

बैशाख २ २०८२, मंगलवार

सुन्तलामा पोटाशियम, भिटामिन सी, फ्लेबोनोइड्स र फाइबर जस्ता तत्वहरु पाइन्छ । जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।तर, कुनै कुनै समयमा सुन्तला स्वास्थ्यका लागि बेफाइदा पनि हुन्छ ।

-सुन्तला भिटामिन सीको प्रमुख स्रोत हो । यसले चिसोमा रुघाखोकीबाट बचाउँछ । तर यसमा भारी मात्रामा हुने भिटामिन सीले शरीरमा क्याल्शियमलाई असर पुर्याउँछ । जसले हाडजोर्नी सम्बन्धी समस्याहरु पैदा गर्न सक्छ । यसका साथै, धेरै सुन्तला खाँदा आँस्टियोपोरोसिसबाट पीडित हुने सम्भावना बढी हुन्छ । त्यसैले सही मात्रामा सुन्तला खाने गर्नुपर्छ ।


Advertisement

– बिहान खाली पेटमा सुन्तलाको जुस पिउँदा रगतमा चिनीको मात्रा बढ्छ ।भिटामिन सीबाहेक सुन्तलामा फाइबर भारी मात्रा हुन्छ । जसले पेटसँग सम्बन्धित विभिन्न समस्याहरु आउँछन् । धेरै फाइबर खाँदा पेटमा समस्या आउँछ ।

-भिटामिन सीले शरीरमा मेटाबोलिज्मलाई स्वस्थ बनाएर राख्छ । तर भिटामिन सीको मात्रा धेरै खाँदा मेटाबोलिज्मलाई बिगार्न पनि सक्छ । जसले तौल सन्तुलित हुने प्रक्रियालाई ढिलो बनाइदिन्छ । जसले तौल बढ्ने समस्या बढ्छ । धेरै सुन्तला खाँदा फाइबर र कार्बोहाइड्रेटको मात्रा बढ्छ । जसले भोक लाग्ने र तौल सन्तुलन गर्न गाह्रो हुन्छ ।