• बैशाख ३ २०८२, बुधबार

गर्मीमा छालाको यसरी ख्याल राख्नुहोस्

बैशाख २ २०८२, मंगलवार

गर्मी मौसममा छालाका विभिन्न समस्याले सताउने गर्दछ । कडा घाम र प्रदूषणले छालामा धेरै नराम्रो असर गर्छ । जसका कारण छालाको रंग कालो देखिन थाल्छ । गर्मीमा कतिपयले छालाको समस्याबाट बच्न ब्यूटी क्रिमको प्रयोग गर्छन् तर यसमा पाइने केमिकलले छालालाई नोक्सान समेत गर्दछ ।   छालाको समस्या हटाउन प्रकृतिमै पाइने वस्तुको प्रयोग गर्न सकिन्छ । यसले छालामा कुनै नराम्रो असर पर्दैन । हामी तपाइलाई केही सरल टिप्सहरूका बारेमा जानकारी दिनेछौँ ।

कागतीको रस:
कागती एक प्राकृतिक ब्लीच हो । यसमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । यसले छालामा हुने टोनिङ कम गर्न मद्दत गर्छ । कागतीको रसले छालाको सतहबाट मृत कोशिकाहरू हटाउँछ । गुलाब जलमा कागतीको रस मिसाएर टोनिङ भएको ठाउँमा लगाउन सकिन्छ । त्यसको १० देखि १५ मिनेटपछि मनतातो पानीले सफा गर्दा लाभ मिल्छ ।

गोलभेँडा:
गोलभेँडामा लाइकोपिन हुन्छ । यसले सूर्यको किरणबाट छालामा हुने क्षतिबाट बचाउँछ । गोलभेँडाको रस लगाउनाले छालामा चमक आउँछ । यसले छालालाई निकै नरम र चम्किलो पनि बनाउँछ ।

एलोभेरा जेल:
एलोभेरा छालाको लागि धेरै लाभदायक छ। यसले छालालाई हाइड्रेट मात्र गर्दैन, टोनिङ पनि कम गर्छ। ताजा एलोभेरा जेल निकालेर छालामा १५–२० मिनेट लगाएर धुँदा छालामा फाइदा पुग्छ ।

दही र बेसार:
दही र बेसारको फेस प्याक छालाका लागि निकै फाइदाजनक हुन्छ । दहीमा ल्याक्टिक एसिड हुन्छ, जसले छालालाई एक्सफोलिएट गर्छ । बेसारमा एन्टिअक्सिडेन्ट हुन्छ, जसले छालाको रंगमा सुधार गर्छ । एक चम्चा दहीमा एक चिम्टी बेसार मिसाएर अनुहारमा लगाउन सकिन्छ । त्यसको १५–२० मिनेटपछि धुँदा छालालाई टोनिङबाट राहत प्रदान गर्न मद्दत गर्नेछ ।