• बैशाख ३ २०८२, बुधबार

आजको मौसम: यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

बैशाख २ २०८२, मंगलवार

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले केही ठाउँमा आज मंगलबार पनि वर्षा र हिमपात हुने  जनाएको छ ।

महाशाखा अनुसार कोशी प्रदेशका केही ठाउँमा अहिले पानी परिरहेको छ । अरु धेरै ठाउँमा भने मौसम सफा रहेको छ ।

महाशाखाका अनुसार कोशी प्रदेश र मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै ठाउँहरू तथा बाँकी भूभागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई ठाउँमा हिउँ पनि पर्न सक्ने सम्भावना पनि रहेको छ ।