चैत २९, काठमाडौं । राजावादी आन्दोलनका विवादास्पद कमान्डर दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय पुर्याइएको छ । काठमाडौंको तीनकुनेमा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनका नाइके प्रसाईंलाई म्याद थपको प्रक्रियाका लागि सरकारी वकिल कार्यालयमा लगिएको हो ।
सरकारी वकिलको कार्यालयमा अहिले प्रसाईंसहित उनका अंगरक्षक दीपक खड्कको बयान लिइँदै छ । प्रसाईंलाई आजै काठमाडौं जिल्ला अदालत पेस गर्ने तयारी छ । भारतबाट पक्राउ परेका प्रसाईंलाई पूर्वी नाकाहुँदै शुक्रबार नेपाल ल्याइएको थियो ।