• बैशाख १ २०८२, सोमबार

चन्द्रमामा डेटा सेन्टर खोल्दै अमेरिकी निजी कम्पनी लनस्टार डेटा होल्डिङ्स

चैत्र २८ २०८१, शुक्रबार

काठमाडौँ । एक अमेरिकी कम्पनीले चन्द्रमामा डेटा सेन्टर खोल्न खोजिरहेको छ । आफ्नो कम्पनी यस काममा एक दिन अवश्य सफल हुनेमा फ्लोरिडास्थित लनस्टार डेटा होल्डिङ्सका अध्यक्ष स्टेफन इसेल विश्वस्त छन् ।

गएको महिना कम्पनीले अमेरिकी अन्तरिक्ष कम्पनीले चन्द्रमामा हार्डब्याक बूकको आकारको सानो डेटा सेन्टरको सफल परीक्षण गरेको थियो ।

यसलाई इन्ट्यूटिभ मशिन्सको एथेना लुनार ल्यान्डरबाट पठाइएको थियो । डेटा सेन्टरलाई चन्द्रमामा राख्दा ग्राहकहरूलाई सुरक्षा दिन सकिने, डेटा प्रोसेसिङ भरपर्दो हुने र यसलाई असीमित सौर्य ऊर्जाबाट चलाउन सकिने पनि कम्पनीको भनाइ छ ।

अन्तरिक्षमा डेटा सेन्टर बनाउने कुरा निकै परको कुरा होला । तर यो आइडियाले कम्तीमा आकार लिन लागेको छ । डेटा सेन्टरको माग निकै धेरै छ । तर पृथ्वीमा यस्ता सेन्टर खोल्न उपयुक्त स्थानको पाउन कठिन हुने अवस्थालाई सोचेर पनि कम्पनीले यसतर्फ विचार गरेको छ ।