• चैत्र ३० २०८१, आईतवार

जिब्रो सेतो देखिन थाल्नुका कारण

चैत्र २७ २०८१, बिहीबार

जिब्रो सेतो भएकाले मुखबाट दुर्गन्ध आउन थाल्छ ।
यस्तै, प्रत्येक व्यक्तिको जिब्रो सेतो हुनुको विभिन्न कारणहरू हुन सक्छन् । यसको सबैभन्दा ठुलो कारण जिब्रोको सङ्क्रमण हो । यद्यपि, सेतो जिब्रो हुनुको सामान्य अर्थ व्यक्तिको प्रतिरोधात्मक क्षमता कमजोर भएको हो ।कमजोर प्रतिरोधात्मक क्षमताका कारण जिब्रोमा ब्याक्टेरियाको प्रभाव बढ्छ र जिब्रोमा सेतो तह जम्न थाल्छ । अर्कोतर्फ क्यान्सर, अल्सर जस्ता रोगबाट पीडित भए पनि जिब्रो सेतो हुन सक्छ । अर्कोतर्फ डिहाइड्रेसन, मुख सुख्खा हुने, धेरै मदिरा सेवन गर्ने, मुखबाट सास फेर्दा पनि जिब्रो सेतो हुन थाल्छ ।