• बैशाख ५ २०८२, शुक्रबार

आफू पक्राउ परे राजावादी आन्दोलन समाप्त हुने दुर्गा प्रसाईंको भनाई

चैत्र २६ २०८१, बुधबार

काठमाडौं । १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका ‘जनकमान्डर’ दुर्गा प्रसाईंले आफू पक्राउ परे राजावादी आन्दोलन समाप्त हुने बताएका छन् ।

तीनकुने प्रदर्शनपछि फरार रहेका प्रसाईंले अज्ञात स्थलबाट भिडियो सन्देश जारी गरी आफू पक्राउ परे आन्दोलन सकिने भएकाले भाग्नुपरेको उल्लेख गरेका छन् ।

उनले पेरुमा गोञ्जालो पक्राउ परेपछि त्यहाँको आन्दोलन पनि समाप्त भएको उल्लेख गर्दै यहाँ पनि आफू पक्राउ परे राजावादी आन्दोलन समाप्त हुने बताएका छन् ।

प्रसाईंले आफू मानवअधिकारवादीको रोहबरमा भने सार्वजनिक हुन तयार रहेको बताएका छन् । उनले आफू नेपालमै कतै रहेकोसमेत बताएका छन् । प्रहरीले उनको खोजी गरिरहे पनि हालसम्म पक्राउ गर्न सकेको छैन ।