• चैत्र ३० २०८१, आईतवार

दैनिक हिंडाइबाट हुने फाइदाहरु

चैत्र २६ २०८१, बुधबार

हिंड्नु स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ । एक अध्ययनका अनुसार नहिंड्ने भन्दा हिंड्ने मानिसको शरीरमा बोसो कम भएको पाइएको छ । हिंड्दा शरीरमा रगत जम्न पाउँदैन र मुटुरोग पनि लाग्न पाउँदैन ।

तपाईंको जोर्नी वा शरीरको कुनै तल्लो भागमा पीडा भएमा हिंड्नु निकै उत्तम मानिन्छ । तपाईंको शरीर मोटो छ भने त्यसका लागि पनि यो उपचार जस्तै हो । हिंड्ने जस्तै हल्का दौड्दा मुटुको चाल छिटोछिटो बढ्छ र हिंडाइको तुलनामा चिल्लो पर्दाथलाई धेरै पगाल्छ ।

हिंड्दाका केही फाइदाहरू :
रक्त सञ्चालनमा वृद्धि :
हिंड्नाले रक्तचाप न्यून हुन सहयोग गर्छ र मुटुको रोग लाग्न दिँदैन । दैनिक ३० मिनेट हिंड्नाले महिनामा स्ट्रोक हुने सम्भावना २० प्रतिशतले कमी आउँछ । दैनिक रूपमा हिंड्दा मुटुलाई समेत फाइदा पुर्‍याउँछ । हिंड्दा शरीरको रक्तचाप नियन्त्रण गर्न मद्धत गर्छ साथै तपाईंको शरिरमा रगतको प्रवाहलाई नियमित सही ढंगले गर्न मद्धत गर्छ ।
हड्डी बलियो हुन्छ :
विशेष गरी ओस्टियोपोरोसिस रोग लागेकाहरुमा हिंडाइले हड्डीको मासी कम हुनबाट बचाउँछ । अमेरिकी विश्वविद्यायमा गरेको एक अध्ययन अनुसार हिंड्नाले हिप भाँचिने सम्भावना ४० प्रतिशतले कमी हुन्छ । दैनिक ३० मिनेट हिंड्ने गर्दा बोनको घनत्वलाई बढाउँछ र खुट्टामा हुने हाडको समस्यालाई कमी ल्याउँछ । यसले स्पाइनल कर्ड, खुट्टा र हिपलाई समेत फाइदा गर्छ ।
आयु बढाउँछ :
६० वर्ष पुगेका मानिसहरुले नियमित हिंड्नाले आयु पनि बढ्छ । एक अध्ययन अनुसार नियमित अभ्यास गर्ने र हिंड्ने ६० वर्षभन्दा माथिका मानिसहरूको आयु नगर्नेभन्दा ८ वर्ष बढ्नेछ ।
फ्रेस बनाउँछ :
दैनिक हिंड्ने गरिएमा मुड फ्रेस हुन्छ । हिंड्दा इन्डोर्फिन नामक प्राकृतिक तत्व निस्कन्छ, जसले दुखाईलाई कम गर्छ । यसले मुड राम्रो बनाउँन सहयोग गर्छ ।
मानसिक थकान कम गर्छ :
नियमित हिंड्नेहरुमा उमेरसँग सम्बन्धित स्मरण क्षमता कम हुने समस्या कम हुन्छ । एक अध्ययनका अनुसार ५० वर्ष नाघेका मानिसहरूमा दैनिक २.५ माइल हिंड्नेमा स्मरण क्षमता १७ प्रतिशतले कम भएको पाइएको थियो भने नहिंड्नेमा २५ प्रतिशतले कम भएको पाइएको थियो । हिंडाइले मानसिक अवस्थालाई समेत राम्रो बनाउन मद्धत गर्छ । हिंड्दा बाहिरको ताजा हावा र व्यायामका कारण तपाईंको मष्तिष्कलाई सन्तुलित बनाउँछ । हिंडाइले तपाईंको सोचाई र काम गर्ने चाहनालाई फाइदा पुर्‍याउँछ ।
तौल घटाउँछ :
तपाईं यदि दैनिक ३० मिनेट हिंड्ने गर्नु भएको छ भने २ सय क्यालोरी बर्न गर्न सहयोग गर्छ । यसबाट तौल घटाउन सहयोग पुग्छ ।
शरीर बलियो बनाउँछ :
तपाईं दैनिक हिड्ने गर्नु भएको छ भने हिंडाईले खुट्टा, पेट तथा पाखुराको मांसपेशीलाई बलियो बनाउँछ । दैनिक रूपमा एकरूपले हिंड्ने गर्दा मांशपेशी बलियो हुन्छ र तपाईंको शरीरमा शक्ति यथावत् राख्न मद्धत गर्छ ।
राम्रो निद्रा पर्छ :
५० वर्ष नाघेका मानिसहरू नियमित हिड्ने गरेका छन् भने अनिद्राको समस्याबाट छुट्कारा पाउन सकिने एक अध्ययनले देखाएको छ ।
हचिन्सन क्यान्सर रिसर्च सेन्टर सियाटलको अध्ययनबाट दैनिक आधा घन्टा हिंड्ने मान्छे राम्ररी निदाउन सक्ने बताएको छ ।
जोर्नीलाई फाइदा हुन्छ :
जोर्नी दुख्ने या झमझमाउने समस्या छ भने दैनिक हिंड्ने गरेका शरीरमा चाल पैदा हुन्छ, जोर्नीहरुले मासीबाट पोषण प्राप्त गर्छन् र त्यस क्षेत्रले अक्सिजन पाउँछन् । जोर्नीलाई फाइदा हुन्छ ।
श्वासप्रश्वासमा सुधार :
हिंड्दा श्वासप्रश्वासको गति बढ्छ, जसबाट नसाहरुमा अक्सिजन राम्रोसँग पुग्न पाउँछ, जसले विकारहरुलाई हटाउन मद्धत गर्ने र शक्तिमा वृद्धि गर्ने अमेरिकाको एउटा विश्वविद्यालयको अध्ययनले देखाएको छ ।
अल्जाइमरको खतरा कम गर्छ :
दैनिक १ माइल हिंड्ने वृद्धहरुमा अल्जाइमर र डिमेन्सियाको समस्या कम भएको अध्ययनमा पाइएको थियो ।
अपांगताको खतरा कम गर्छ :
दैनिक हिंडाइले ६५ वर्ष भन्दा माथिका वृद्धहरुमा अपांगता हुने खतरा कम गर्ने अध्ययनमा देखिएको छ । दैनिक हिंडाइबाट हुने फाइदाहरु :
हिंड्नु स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ । एक अध्ययनका अनुसार नहिंड्ने भन्दा हिंड्ने मानिसको शरीरमा बोसो कम भएको पाइएको छ । हिंड्दा शरीरमा रगत जम्न पाउँदैन र मुटुरोग पनि लाग्न पाउँदैन । तपाईंको जोर्नी वा शरीरको कुनै तल्लो भागमा पीडा भएमा हिंड्नु निकै उत्तम मानिन्छ । तपाईंको शरीर मोटो छ भने त्यसका लागि पनि यो उपचार जस्तै हो ।
हिंड्ने जस्तै हल्का दौड्दा मुटुको चाल छिटोछिटो बढ्छ र हिंडाइको तुलनामा चिल्लो पर्दाथलाई धेरै पगाल्छ । हिंड्दाका केही फाइदाहरू :
रक्त सञ्चालनमा वृद्धि :
हिंड्नाले रक्तचाप न्यून हुन सहयोग गर्छ र मुटुको रोग लाग्न दिँदैन । दैनिक ३० मिनेट हिंड्नाले महिनामा स्ट्रोक हुने सम्भावना २० प्रतिशतले कमी आउँछ । दैनिक रूपमा हिंड्दा मुटुलाई समेत फाइदा पुर्‍याउँछ । हिंड्दा शरीरको रक्तचाप नियन्त्रण गर्न मद्धत गर्छ साथै तपाईंको शरिरमा रगतको प्रवाहलाई नियमित सही ढंगले गर्न मद्धत गर्छ ।
हड्डी बलियो हुन्छ :
विशेष गरी ओस्टियोपोरोसिस रोग लागेकाहरुमा हिंडाइले हड्डीको मासी कम हुनबाट बचाउँछ । अमेरिकी विश्वविद्यायमा गरेको एक अध्ययन अनुसार हिंड्नाले हिप भाँचिने सम्भावना ४० प्रतिशतले कमी हुन्छ । दैनिक ३० मिनेट हिंड्ने गर्दा बोनको घनत्वलाई बढाउँछ र खुट्टामा हुने हाडको समस्यालाई कमी ल्याउँछ । यसले स्पाइनल कर्ड, खुट्टा र हिपलाई समेत फाइदा गर्छ ।
आयु बढाउँछ :
६० वर्ष पुगेका मानिसहरुले नियमित हिंड्नाले आयु पनि बढ्छ । एक अध्ययन अनुसार नियमित अभ्यास गर्ने र हिंड्ने ६० वर्षभन्दा माथिका मानिसहरूको आयु नगर्नेभन्दा ८ वर्ष बढ्नेछ ।
फ्रेस बनाउँछ :
दैनिक हिंड्ने गरिएमा मुड फ्रेस हुन्छ । हिंड्दा इन्डोर्फिन नामक प्राकृतिक तत्व निस्कन्छ, जसले दुखाईलाई कम गर्छ । यसले मुड राम्रो बनाउँन सहयोग गर्छ ।
मानसिक थकान कम गर्छ :
नियमित हिंड्नेहरुमा उमेरसँग सम्बन्धित स्मरण क्षमता कम हुने समस्या कम हुन्छ । एक अध्ययनका अनुसार ५० वर्ष नाघेका मानिसहरूमा दैनिक २.५ माइल हिंड्नेमा स्मरण क्षमता १७ प्रतिशतले कम भएको पाइएको थियो भने नहिंड्नेमा २५ प्रतिशतले कम भएको पाइएको थियो । हिंडाइले मानसिक अवस्थालाई समेत राम्रो बनाउन मद्धत गर्छ । हिंड्दा बाहिरको ताजा हावा र व्यायामका कारण तपाईंको मष्तिष्कलाई सन्तुलित बनाउँछ । हिंडाइले तपाईंको सोचाई र काम गर्ने चाहनालाई फाइदा पुर्‍याउँछ ।
तौल घटाउँछ :
तपाईं यदि दैनिक ३० मिनेट हिंड्ने गर्नु भएको छ भने २ सय क्यालोरी बर्न गर्न सहयोग गर्छ । यसबाट तौल घटाउन सहयोग पुग्छ ।
शरीर बलियो बनाउँछ :
तपाईं दैनिक हिड्ने गर्नु भएको छ भने हिंडाईले खुट्टा, पेट तथा पाखुराको मांसपेशीलाई बलियो बनाउँछ । दैनिक रूपमा एकरूपले हिंड्ने गर्दा मांशपेशी बलियो हुन्छ र तपाईंको शरीरमा शक्ति यथावत् राख्न मद्धत गर्छ ।
राम्रो निद्रा पर्छ :
५० वर्ष नाघेका मानिसहरू नियमित हिड्ने गरेका छन् भने अनिद्राको समस्याबाट छुट्कारा पाउन सकिने एक अध्ययनले देखाएको छ ।
हचिन्सन क्यान्सर रिसर्च सेन्टर सियाटलको अध्ययनबाट दैनिक आधा घन्टा हिंड्ने मान्छे राम्ररी निदाउन सक्ने बताएको छ ।
जोर्नीलाई फाइदा हुन्छ :
जोर्नी दुख्ने या झमझमाउने समस्या छ भने दैनिक हिंड्ने गरेका शरीरमा चाल पैदा हुन्छ, जोर्नीहरुले मासीबाट पोषण प्राप्त गर्छन् र त्यस क्षेत्रले अक्सिजन पाउँछन् । जोर्नीलाई फाइदा हुन्छ ।
श्वासप्रश्वासमा सुधार :
हिंड्दा श्वासप्रश्वासको गति बढ्छ, जसबाट नसाहरुमा अक्सिजन राम्रोसँग पुग्न पाउँछ, जसले विकारहरुलाई हटाउन मद्धत गर्ने र शक्तिमा वृद्धि गर्ने अमेरिकाको एउटा विश्वविद्यालयको अध्ययनले देखाएको छ ।
अल्जाइमरको खतरा कम गर्छ :
दैनिक १ माइल हिंड्ने वृद्धहरुमा अल्जाइमर र डिमेन्सियाको समस्या कम भएको अध्ययनमा पाइएको थियो ।
अपांगताको खतरा कम गर्छ :
दैनिक हिंडाइले ६५ वर्ष भन्दा माथिका वृद्धहरुमा अपांगता हुने खतरा कम गर्ने अध्ययनमा देखिएको छ ।