धेरै थकाई लाग्नुका कारण यस्ता छन्् ः
-खानामा प्रोेटिनको मात्रा थोरै भयो भने शरीर कमजोर हुनुका साथै थकाई महशुस हुन्छ। महिला र पुरुषलाई प्रोटिनको मात्रा फरक– फरक भए पनि तौल र शारीरिक गतिविधिमा प्रोटिनको मात्रा निर्भर हुन्छ। प्रोटिन माछा–मासु र गेडागुडीमा प्रशस्त पाइन्छ।
-अत्यधिक बढी सुत्दा शरीर आलस्य र कमजोर महशुस हुन्छ। बढी निन्द्राले डायबिटिज, मोटोपन, मुटुको रोग र मृत्यु समेत हुने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन्।
-बी १२ को कमिले शरीर कमजोर र आलश्य हुन्छ। त्यसैले शाकाहारी मानिसले भिटामिन बी १२ पाइने अन्य खाना खानु पर्छ।
-पर्याप्त पानी नपिउँदा पनि निकै अल्छी र कमजोर अनुभूति हुन्छ । मझौला खालको डिहाईड्रेसनले पनि उर्जाको तह, मुड, स्पष्ट सोच्ने क्षमतामा असर गर्छ। त्यसैले पानी पर्याप्त मात्रामा पिउनु पर्छ।
-डिप्रेशनले मानिसलाई मस्तिष्कदेखि नै कमजोर बनाउँछ। चिन्ताले हृदय र मुटुको चाल बढाउने र डिप्रेसनले मुड अस्थिर बनाउने भएकोले यस्ता रोगी शारीरिक र मानसिक रुपमा कमजोर हुन्छन्।