• बैशाख ५ २०८२, शुक्रबार

बुधबार सुनको मूल्य बढ्यो, आज कातिमा हुँदैछ कारोबार ?

चैत्र २६ २०८१, बुधबार

२७ चैत, काठमाडौँ । नेपालमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य २ हजार रुपैयाँले बढेको हो । महासंघले जारी गरेको मूल्यसूची अनुसार सुनको प्रतितोला मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ पुगेको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४०० रुपैयाँ रहेको थियो । यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ८३५ रुपैयाँ रहेको छ । मंगलबार यो मूल्य १ हजार ८३० रुपैयाँ थियो ।

चैत महिनामा गत २१ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो । सो दिन चाँदीको मूल्य प्रति तोला १ हजार ९९५ रुपैयाँ थियो ।