• बैशाख ४ २०८२, बिहीबार

रास्वपा सचिवालय बैठक बस्दै,यस्ता छन् एजेण्डा

चैत्र २६ २०८१, बुधबार

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि, समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको महाधिवेशन, जनयात्रालगायत एजेण्डामा छलफल हुनेछ ।

पार्टी सभापति रवि लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पुनः पक्राउ परेपछि रास्वपाको पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।