• बैशाख ४ २०८२, बिहीबार

तिनकुने घटनामा उपद्रव मम्चाएको आरोपमा थप २ जना समातिए

चैत्र २५ २०८१, मंगलवार

काठमाडौं । काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको प्रदर्शनका क्रममा आपराधिक उपद्रव लगायतका कार्यमा संलग्न थप दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका–५ का ४५ वर्षीय दिल कुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ रहेका छन् ।

उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।