• चैत्र ३० २०८१, आईतवार

नन्दकृष्ण जोशीको सुपुत्री श्रृंखलाको नयाँ गीत ‘छैन हो छैन’ सार्वजनिक

चैत्र २५ २०८१, मंगलवार

काठमाडौं । गायिका श्रृंखला जोशीको नयाँ गीत ‘छैन हो छैन’ सार्वजनिक भएको छ । चर्चित गायिका शशी रावलको शब्द र संगीत रहेको उक्त गीतको लिरिकल भिडियो आफ्नै युटुबमार्फत् गायिका जोशीले सार्वजनिक गरेकी हुन् ।

हाल अस्ट्रेलियामा बसिरहेकी उनले प्रवासबाटै गीत–संगीतको कर्ममा लागिरहेको जानकारी दिइन् । यसअघि ‘सिड्नी झाने रेल’, ‘तिम्रो आवाज’ लगायत गीत निकाली सकेकी जोशी देउडा सम्राट नन्दकृष्ण जोशीकी छोरी हुन् ।

बाबा जस्तै आफ्ना गीतहरुलाई पनि दर्शक–श्रोताले माया गरिदिनेछन् भन्ने आशा गायिका श्रृंखलाले गरेकी छिन् ।