हात खुट्टा बाउँडिनुका कारण यस्ता छन् ः
-शरीरमा पानीको कमीले गर्दा पनि मानिसहरुलाई हात खुट्टा बाउँडिने समस्या हुन्छ । शरीरमा पानी कम हुँदा शरीरमा पौष्टिक तत्वको कमी हुन्छ । शरीरमा तरल पदार्थ तथा मिनरल्सको कमीले गर्दा इलेक्ट्रोलाईको मात्रा विग्रने हुँदा हात खुट्टा बाउँडिने समस्या देखा पर्छ ।
-पोटासियमको कमीले पनि शरीरमा इलेक्ट्रोलाईटको मात्रा विग्रन्छ । जसले गर्दा खुट्टा बाउँडिने, मासु फर्कने लगायतका समस्या देखा पर्छ । यसबाट बच्न तथा शरीरमा पोटासियमको मात्रा बढाउन केरा, पात भएका तरकारी, ड्राई फुड्स लगायतका पोटासियमयुक्त खाना खानु फाइदाजनक हुन्छ ।
-बसाइमा ध्यान नदिनाले शरीरमा बसाईंको तालमेल मिल्दैन । यसले शरीरको एउटा भागमा मात्र प्रेसर पर्न गई उक्त भागमा पोषण लगायतको अक्सिजनको कमी भएर मासु बाउँडिने गर्दछ । महिला स्वास्थ्य