काठमाडौं । मधेस प्रदेशसभा बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार बिहान १० बजे मधेस प्रदेशसभामा सम्बोधन गर्न लागेका सभामुख रामचन्द्र मण्डलले जानकारी दिएका छन्।
ओलीले गर्ने सम्बोधनको सम्पूर्ण तयारी पूरा गरेको प्रदेशसभा सचिवालयले जनाएको छ। मधेस प्रदेशसभाको बैठक सभाहललाई चिटिक्क बनाइएको छ।