क्यान्सरको जोखिमबाट यसरी टाढा रहनुहोस् :
– क्यान्सर गराउन सक्ने सम्भावित पक्ष जस्तै, धुम्रपान तथा मद्यपान नगर्ने ।
– सडेगलेका, प्रशोधित खानेकुरा, जंकफुड नखाने ।
– शारीरिक रुपमा सक्रिय रहने । नियमित व्यायाम, योग, प्राणायाम गर्ने ।
– तनाव नलिने । सकारात्मक र उर्जावान् रहने ।
– शरीरमा अनावश्यक गाठागुँठी आएको छ, रंग परिवर्तन भएको छ भने तुरुन्त परीक्षण गराउने ।
– महिलामा स्तन र पाठेघरको क्यान्सरको जोखिम बढी हुन्छ । उनीहरुले बेलाबखतमा स्तन क्यान्सरको लागि मेमोग्राम र पाठेघरको लागि प्याप परीक्षण गराएर हेर्नुपर्छ । त्यस्तै, पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाउन सकिन्छ ।
– वंशाणुगत क्यान्सर परिवारमा छ भने जोखिम उच्च हुन्छ । त्यसैले समयमै क्यान्सर छ कि छैन भनेर वर्षमा एकपटक जाँच गराउनुपर्छ ।
– धेरै व्यक्तिसँग शारीरिक सम्पर्क राखेमा पनि यौनजन्य रोगले कालान्तारमा क्यान्सर गराउन सक्छ । त्यसैले असुरक्षित यौन सम्पर्क सकेसम्म गर्नुहुँदैन ।
(वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा. उज्ज्वल चालिसे )