वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ । राष्ट्रपतिको पदभार ग्रहण गरेपछि अमेरिकी जनताले ट्रम्पको विरोध गरेको यो पहिलो पटक हो । प्रदर्शनहरू अमेरिकाका सबै ५० राज्यहरूमा लगभग १ हजार २०० स्थानमा भइरहेको बीबीसीले समाचारमा भनेको छ ।
यी विरोध प्रदर्शनहरूलाई ‘ह्यान्ड्स अफ’ नाम दिइएको छ । यसको अर्थ ट्रम्पले जनताको मामिलामा हस्तक्षेप गर्नु हुँदैन भन्ने हो । प्रदर्शनकारीहरूले सामाजिक र आर्थिक मामिलाहरू सहित धेरै मुद्दाहरूमा ट्रम्पको एजेन्डाप्रति आक्रोश व्यक्त गरिरहेका छन् । ट्रम्पले विश्वभरका धेरै देशहरूमा कर लगाउने घोषणा गरेपछि अमेरिका बाहिर पनि यस मामिलामा निकै छलफल र चर्चा भए ।
अमेरिकाको बोस्टनमा केही प्रदर्शनकारीहरूले अमेरिकी विश्वविद्यालयका विद्यार्थीहरूमाथि आप्रवासन सम्बन्धी छापा मारिएको कारणले प्रदर्शन गरिरहेको बताएका थिए । हालै, अमेरिकी विश्वविद्यालयका केही विदेशी विद्यार्थीहरूलाई पक्राउ गरेर देश निकाला गरिएको थियो ।
ट्रम्प विरुद्धका प्रदर्शनमा डेमोर्क्याटिक सांसदहरूको भाषण सुन्न वासिङ्टन डीसीमा हजारौँ प्रदर्शनकारीहरू भेला भएका थिए । । यी भाषणहरूमा ट्रम्प प्रशासनका धनी व्यक्तिहरूमाथि धेरै टिप्पणीहरू गरिएका थिए ।
यी मध्ये प्रमुख नाम खर्बपति व्यापारी तथा ट्रम्प प्रशासनमा सरकारी खर्च र कार्यबल कटौतीको जिम्मा पाएका एलन मस्क थिए ।