• चैत्र २४ २०८१, सोमबार

अर्घाखाँचीमा आज बिहानै जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

चैत्र २३ २०८१, आईतवार

बुटवल । अर्घाखाँचीको मालरानी गाउँपालिका-४ खनदहमा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सवारी जीप अनियन्त्रित भई बाटोदेखि झन्डै २५० मिटर तल खस्दा गाडीमा रहेका दुई जनाको मृत्यु भएको हो । उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा चालक मालारानी-४ का २२ वर्षीय दिलिप खनाल र मालारानी–४ कै २१ वर्षीय बालकृष्ण रिजाल रहेको प्रहरीले जनाएको छ । गाडीमा रहेका अन्य दुई जना घाइतेलाई उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।