• चैत्र २७ २०८१, बिहीबार

सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

चैत्र २१ २०८१, शुक्रबार

चैत २२,काठमाडौं । नेपाली बजारमा शुक्रबार (चैत २२) सुनको मूल्यमा भारी गिरावट आएको छ । बिहीबार (चैत २१) रेकर्ड बनाएको सुनको मूल्य एकैदिन तोलामा ३९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७६ हजार ४०० रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ८० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।


Advertisement

चाँदीको मूल्य पनि एकैदिन तोलामा १२५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको एक हजार ८७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।