• चैत्र २६ २०८१, बुधबार

कुलमान र हितेन्द्र बारेको बहस सकियो, आजै फैसला आउनसक्ने

चैत्र २० २०८१, बिहीबार

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेका छुट्टाछुट्टै रिटमाथि एकै ठाउँ राखेर बिहीबार बहस सकिएको छ ।

तीन दिनको लगातारको सुनुवाइपछि बहस सकिएको हो । न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा दुवै रिटमाथि एकै साथ मंगलबार, बुधबार र बिहीबार बहस भएको हो । बहस सकिएसँगै आजै आदेश आउनेछ ।


Advertisement